सुवास राई स्मृती सुपर–८ लिगः धरान १३ शिर्ष स्थानमा

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत विहिवार भएको खेलमा धरान १३ विजयी बन्दै शिर्ष स्थानमा उक्लिएको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज विहिवार धरान रंगशालामा भएको खेलमा धरान १३ ले ८ नं वडालाई ३–० गोल अन्तरले विजयी बनेको हो। खेलमा धरान १३ का बिबवेक राई पहिलो हाफको २९ औं मिनेटमा पहिलो गोल गरेका थिए। मध्यान्तर सम्म १–० को अग्रता लिएको धरान १३ ले मध्यान्तरपछि थप दुई गोल गरेको थियो। जसमा मिलन लिम्बुले दोस्रो हाफको १४ औं र २० औं मिनेटमा गोलगरी टिमलाई विजयी बनाएका थिए। खेलको म्यान अफ दि म्याच धरान १३ का मिलन लिम्बु घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
लिग तालिकामा दुई खेल खेलेको धरान १३ नं वडा ६ अंकका साथ लिगको शिर्ष स्थानमा रहेको छ। यसैगरी समान दुईखेल खेलेको ११ नं वडा ४ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ। यसैगरी समान दुई खेलबाट धरान ५ र १४ नं वडाको ३ अंक छ। यसैगरी २ खेलबाट धरान ६ नं वडाको १ अंक रहेको छभने १ खेल मात्र खेलेको धरान १८ र १७ नं वडाको पनि समान १/१ अंक रहेको छ। त्यस्तै दुई खेल खेलेको धरान ८ अंक विहिन छ। प्रतियोगिता अन्तर्गत भोली शुक्रवार धरान १७ का विरुद्ध धरान १८ नं वडाका बिच दिनको २ बजे खेल हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको गु्रप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने गु्रप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।