तेस्रो हाम्रो धरान भेट्रान कपः हाम्रो ईटहरी भेट्रान विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कप अन्तर्गत विहिवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन हाम्रो ईटहरी भेट्रान फुटबल क्लव विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा विहिवार धरान रंगशालामा भएको खेलमा हाम्रो ईटहरी भेट्रान फुटबल क्लवले भरौल भेट्रान फुटबल क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलमा हाम्रो ईटहरी भेट्रानका लागी लिलाराम मगरले ह्याट्रिक गरेका थिए। उनले पहिलो हाफको १८ औं मिनेट र दोस्रो हाफको ५४ र ५५ औं मिनेटमा गोल गरेका थिए। यसैगरी भरौल भेट्रानका लागी सुर्य कुमार लिम्बुले ४१ औं र मिलन देवानले ८३ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच हाम्रो ईटहरी भेट्रानका लिलाराम मगर घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोली शुक्रवारको खेल दुहवी भेट्रान र दुधे भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। यही बैशाख २२ गते हुने उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।