हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट र भेट्रान कप हुने

दिव्य रोशनी(धरान)/ हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा यहि बैशाख ७ गतेदेखी तेश्रो स्व. सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट फुटवल प्रतियोगिता र बैशाख १० गतेबाट भेट्रान कप शुरु हुने भएको छ।


बुधवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक हाम्रो धरान भेट्रान फुटवल क्लबले सो कुराको जानकारी दिएको हो। क्लवका अध्यक्ष अशोक राईले सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा केही महिना अघि धरानमा सम्पन्न वडा स्तरीय गोधुली प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुबीचमा प्रतिष्पर्धा गराईने बताए। उनले धरान उपमहानगरपालिकाको बिशेष सहयोगमा हुन लागेको यस प्रतियोगितामा उत्कृष्ट अंक ल्याउने ४ टिमलाई उपाधीका लागी सेमिफाईनल र फाईनल खेल नकआउटका आधारमा खेलाईने बताए।
सुपर ८ का लागी गु्रप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने गु्रप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।


यसैगरी हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा बैशाख १० गतेदेखी धरान रंगशालामा नै तेस्रो हाम्रो धरान भेट्रान कप प्रतियोगीता हुनेछ। प्रतियोगितामा मिल्स भेट्रान, दुहबी भेट्रान, दुधे भेट्रान, लखनपुर भेट्रान,उर्लाबारी भेट्रान, धरान भेट्रान, मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजाराजी भेट्रान, हाम्रो ईटहरी भेट्रान र भरौल भेट्रानको सहभागीता रहने आयोजकले जनाएको छ। उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।


गत बर्ष हाम्रो धरान भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करणमा हाम्रो इंटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उप विजेता बनेको थियो।