सुवास राई स्मृती सुपर–८ लिग कम नकआउटमा धरान १३ लाई ३ अंक(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिग कपको पहिलो खेलमा धरान १३ ले महत्वपूर्ण ३ अंक बटुलेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज शुक्रवार धरान रंगशालामा भएको उद्धघाटन खेलमा धरान १४ नं वडालाई ४–१ गोल अन्तरले पराजित गर्दै धरान १३ ले ३ अंक बटुलेको हो। धरान १३ गोधुली वडा स्तरिय रनिङ कपको डिफेन्डिङ च्याम्पियन पनि हो। खेलमा धरान १३ का विवेक राईले पहिलो हाफको १३ र दोस्रो हाफको ५० औं मिनेटमा गोल गरेका थिएभने मिलन राईले पहिलो हाफको ३ मिनेट र सुशान्त राईले दोस्रो हाफको ७४ औं मिनेटमा गोल गरेका थिए। यसैगरी धरान १४ का तर्फबाट एक मात्र सान्त्वना गोल विवेक राईले ६१ औं मिनेटमा गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १३ का विवेक राई घोषित भए। उनले नगद २ हजार सहित मेडल प्रांप्त गरे। उनलाई धरान १० का वडाअध्यक्ष विवेक राईले पुरस्कार प्रदान गरेका थिए।


प्रतियोगिता अघि स्व. सुवास राईको तस्विरमा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा, विशेष अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतले माल्यापर्ण गरेका थिए।


सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा केही महिना अघि धरानमा सम्पन्न वडा स्तरीय गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरु सहभागी रहेको छ। लीगको गु्रप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने गु्रप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।


भोली शनिवारको खेल धरान ११ नं वडा र १८ नं वडाका बिच हुने आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लवले जनाएको छ।