विश्व पर्यटन दिवसमा अन्र्तक्रिया(भिडीयो सहित)

दिव्य रोशनी धरान)/ विश्व पर्यटन दिवसको उपलक्ष्यमा मंगलबार धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाद्वारा आयोजित कार्यक्रम केक काटेर अन्तक्रिया गरि मनाईएको छ ।
कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र विक्रम बेघाले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथी बेघाले मौलिक संस्कृति बोकेको धरानमा पर्यटनको विविध सम्भावना रहेको बताए। साथै उनले पर्यटनकर्मीहरुले दिएको सुझावलाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्दै लैजाने समेत बताए।


उपमहनगरपालिकाको कार्यपालिका हलमा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी बासुदेव बरालले “पर्यटनबारे पुनःचिन्तन” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । पर्यटनकर्मी बरालले पूर्व मेयर स्व.तारा सुब्बाको कार्यकालमा पर्यटन शिर्षकमा छुट्टिएको १ करोढ बजेट घटेर अहिले २० लाख रुपैयाँमा झरेको बताउँदै यसले धरानको पर्यटन क्षेत्र कस्तो छ भन्ने कुरा छर्लङ्ग पारेको बताए। सोहीक्रममा उनले उपमहानगरपालिकाले पर्यटन वर्ष मनाइरहँदा अझैपनि पर्यटन शाखा स्थापना नगर्नु दुःखद कुरा भएको बताए । कार्यपत्र प्रस्तुत गर्नेक्रममा उनले धरानमा लगानीमैत्री वातावरण श्रृजना हुन सकेमा धरानमा आन्तरिक बाह्य पर्यटक भित्र्याउन सके धरानको आर्थिक समृद्धिमा टेवा पुग्ने समेत बताए। सोहीक्रममा उनले धरानमा गल्फ पर्यटन, धरान किमाथांका सडक सञ्जाल गर्न सके धरानबाटै हिंउ पर्यटन, धरानको शाहसिक खेल पर्यटन (प्याराग्लाइडिङ,साइक्लिङ, जिपफ्लाईङ लगायत ) को विकास हुने समेत सुझाव दिए।
सो कार्यपत्रमाथी टिप्पणी गर्नै नेपाल पर्यटन बोर्डका केन्द्रिय सदस्य कृष्ण साहले देशको आर्थिक मेरुदण्ड भनेकै पर्यटन भएकोले सम्ेवदनशील हुन सुझाव दिए। साथै उनले चाँडै नै नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय धरानमा राखिने समेत जानकारी दिए । त्यस्तै अर्का टिप्पणीकार धरानका उद्योयी कृृष्ण कुमार अग्रवालले पर्यटनमा व्यवसायीहरुलाई पनि लगानीमैत्री वातावरण श्रृजना गर्न उपमहानगरपालिकालाई सुझाव दिए।
कार्यक्रममा धरानका विभिन्न पर्यटन संस्थाका व्यक्तित्वहरुले धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा धरान उपमहानगरपालिकाका निमित्त प्रशासकिय अधिकृत गणेश खतिवडाद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो।

10 thoughts on “विश्व पर्यटन दिवसमा अन्र्तक्रिया(भिडीयो सहित)

टिप्पणीहरू are closed.