बजाजको एन सिरिज अन्र्तगत पल्सर १६० सीसी र पल्सर २५० सीसी सार्वजनिक

दिव्य रोशनी/ बजाज मोटरसाईकलको धरानका लागी आधिकारीक बिक्रेता अर्बिन एण्ड बर्दस अटोले नेपालीहरूको महान पर्व शुभ विजया दशमी, दिपावली तिहार तथा छठ पर्वको अवसर पारेर एकै दिन दुई मोटरसाईकल लन्च गरी बिक्रीमा ल्याएको छ।
मंगलवार धरानको भानुचौंकमा आयोजित बजाज एक्सचेन्ज मेलामा कम्पनीले बजाज मोटरसाईकलको दुई नयाँ मोडलहरु एन सिरिज अन्र्तगत पल्सर १६० सीसी र पल्सर २५० सीसी लन्च गरेको हो। कम्पनीले सार्वजनिक गरेको एन सिरिज अन्तरगतको १६० सीसी पल्सरको मुल्य रू ३ लाख ७९ हजार ९ सय तथा प्लसर २५० एन सीसीको मुल्य ४ लाख ८९ हजार ९ सय रहेको अर्बिन एण्ड बद्रर्स अटोका संचालक अर्बिन तामाङले बताए।


भानुचौकमा आयोजित एक्सचेन्ज अफर यहि असोज ११ गते बाट सुरु भई असोज १४ गते सम्म बिभिन्न अफरहरू सहित एक्सचेज कार्यक्रम समेत चलिरहने कम्पनिले जनाएको छ। जहा कम्पनीहरुले ग्राहकहरूलाई २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सको सुविधा समेत उपलब्ध गराइएको छभने एक्सचेन्ज कार्यक्रममा नगद खरिदमा ७ हजार छुट प्राप्त गर्न सकिने पनि कम्पनिले जनाएको छ ।
नगद तथा फाइनान्समा नया बाईकको खरिदमा हेल्मेट,ब्याग, लेगार्ड समेत निशुल्क प्रदान गरीने छभने एक्सचेन्ज कार्यक्रममा अन द स्पोर्टस फाईनान्सको समेत सुविधा समेत रहेको कम्पनीले जनाएको छ।

6 thoughts on “बजाजको एन सिरिज अन्र्तगत पल्सर १६० सीसी र पल्सर २५० सीसी सार्वजनिक

टिप्पणीहरू are closed.