गायक नवराम राईलाई मधुकुमारद्धारा आर्थिक सहयोग

उपचारका लागि आर्थिक समस्या झेलिरहेका धरानका चर्चित गायक नवराम राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाच हजार रुपैया सहयोग गरेका छन ।    
        धरान १७ निवासी मधु राई हाल धरान आएको वेला विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका नवराम राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन । उनले सामाजिक संजालमा नौरान राईको वारेमा थाहा पाए पछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको वताए ।  लामो समय धरान १७ न. वडावासि समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले उपचारका लागि सहयोग अभियान चलाइने जनाए ।
      लोकप्रिय गित “गुरासको फेद मुनि, सम्झनाको छाया” गितका गायक हुन नवराम राई । हाल ११ नं वडा स्थित रिटिङमा वस्दै आएका राई एक हप्ता देखि विपि अस्पतालमा उपचार गराई रहेका छन । उनको दुवै मृगौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार तिन पटक डायलासिस गरे पछि थप अवस्था वारे जानकारी हुनेछ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ । थप उपचारको लागि वाहिर लान परे पैसा नभएको वताउछन । उनले सहयोगका लागि संचारमाध्यम वाट साथिभाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन । लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गित आफे गाइसकेका छन भने केहि गितमा संगित भरेका छन ।