युडिए स्कुल डान्स र सिङ्गिङको उपाधी रिन्छेन र क्यामरिनलाई

दिव्य रोशनी (धरान)/ युनाईटेड डान्स एकेडेमी (युडिए) धरानद्वारा आयोजित स्कुल डान्स तथा सिङ्गिङ आईडलको उपाधि रिन्छेन गुरुङ र क्यामरिन माझीले जित्न सफल भएका छन्।
आज सोमवार धरान ८ स्थित सभागृहमा सम्पन्न फिनालेमा डान्सिङमा ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै आवरहोम स्कुलकी रिन्छेन गुरुङ बिजेता बन्न सफल भएकी हुन्। उनले उपाधीसँगै नगद ५० हजार र २५ तोला चाँदीको क्राउन पाईन्। उनिलाई गत सिजनका विजेता महिमा लिम्बुले क्राउन पहिराईदिएका थिए।
यसैगरी प्रतियोगितामा पर्वत स्कुलकी युनिसा राई दोस्रो, भिक्टोरी स्कुलका गणेश गुरुङ तेस्रो र विष्णु मेमोरियल स्कुलका प्रनिसा राई सान्तवना बनिन्। उनिहरुले क्रमशः २५ हजार, १० हजार र ५ हजार सहित नटराज ट्रफि हात पारेका थिए।


यसैगरी सिङगिङ तर्फको उपाधी धरान आदर्शकी क्यामरिन माझीले जितेकि छिन्। उनिले ट्रफि सहित नगद २५ हजार प्राप्त गरिन्। यसैगरी हिमालय मेघा स्कुलका गौरब राई दोस्रो, माउष्ट हर्मनकि एन्जिला कालिकोटे तेस्रो र प्रभात स्कुलका निनाम्मा राई सान्तवना भए। उनिहरुले १५ हजार, १० हजार र ५ हजार सहित ट्रफि प्राप्त गरे। विजेताहरुलाई कार्यक्रममा विशेष अतिथी धरान ९ का निवर्तमान अध्यक्ष रत्न बहादुर कट्वाल, कार्यक्रमका अध्यक्ष अमन तामाङ, दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङ, नेपाली कांग्रेस क्षेत्रिय सभापति सुजेन्द्र तामाङ, कांग्रेस नेतृ रविना सुब्बा (गुरुङ), समाजसेवी थमन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा सिङगिङ तर्फको निर्णायकमा गायक विजय बम्बुले राई र कृष्णराजा श्रेष्ठ रहेका थिएभने नृत्यतर्फ नन्दा राई र सुरेश राई रहेका थिए।
कार्यक्रममा युडिए नवौं वर्ष पुरागरी दशौंवर्ष प्रवेशको अवसरमा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले केक काटेर कार्यक्रमको उद्धघाटन गरेका थिए। सोही अवसरमा युडिएको स्थापनाकाल देखी हालसम्म कार्यरत नृत्य प्रशिक्षक तृष्णा राई र करिस्ता राईलाई जनही नगद ५/५ हजार सहित सम्मानपत्रले सम्मान समेत गरिएको थियो।


यसअघिको स्कुल डान्स आईडल प्रतियोगिताको सिनियरतर्फको पहिलो सिजन २०७२ मा सेन्ट जोसेफ स्कुलका सरिना केसी, दोस्रो सिजन २०७३ मा डिपोट स्कुलका विमस पौडेल, तेस्रो सिजन २०७४ मा लिवर्टी स्कुलका सोनु तामाङ, चौथो सिजन २०७५ मा लोटस स्कुलका अनिसा राई, पाँचौ सिजन २०७६ मा आवरहोम स्कुलका करिस्ता राई, छैटौं सिजन २०७९ मा पर्वत बोर्डिङ स्कुल धरान १९ कि महिमा लिम्बु विजयी भएकी थिईन्। त्यस्तै गायनतर्फको पहिलो सिजनमा विजयपुर बोर्डिङ स्कुलकी शालिन श्रेष्ठ विजेता बनेकि थिईन्।
गत ज्येष्ठ १४ गतेदेखी असार १२ गतेसम्म भएको प्रतियोगिताको अडिसनमा धरानभरीका १४ विद्यालयका १ हजार ७ सय ७५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए।


युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न र पढेर मात्र ज्ञान लिनु नभई संस्कार र संस्कृतिलाई नृत्यको माध्यमबाट एकअर्कामा रहेको जातीय पहिचानलाई चिनाउन पनि यस प्रतियोगिताको आयोजना गरिएकोे बताए। उनका अनुसार स्कुल डान्स(सिनियर) सिजन ८, जुनियर सिजन ३ र सिङ्गिङ तर्फको सिजन ३ को अडिसन आगामी बैशाख देखी शुरु हुने भएको छ।