व्रिटिस गोर्खा २३ प्यारासुट इन्जिनियर र धरान बास्केटवल टिम विच मैत्रिपुर्ण बास्केटवल खेल संपन्न

धरान बास्केटवल टिम र व्रिटिस गोर्खा सैनिक २३ प्यारासुट इन्जिनियर रेजिमेन्ट विच आइतवार मैत्रिपुर्ण बास्केटवल खेल संपन्न भएको छ ।
मैत्रिपुर्ण खेलमा धरान बास्केटवल टिमले व्रिटिस गोर्खा टिमलाई ६६–२९ अंकले पराजित गर्दै विजयी वनेको छ । खेलको पहिलो क्वाटरमा धरान बास्केटवल र व्रिटिस गोर्खा टिमले १५–७, दोस्रो क्वाटरमा १३–४, तेस्रो क्वाटरमा ३०–१२ र चौथो क्वाटरमा ८–६ अंक जोडेका थिए । धरान ११ निवासि क्याप्टेन नविन राईको नेतृत्वमा इन्जिनियर रेजिमेन्ट टिम वाट डव्लुओटु कोलिन किसन, एसएसजिटि उज्वल गुरुङ, सिपिएल प्रवेश राई, सिपिएल सुमन राई, सिपिएल भुवन थापा, एसपिइ व्रिजेस तुम्वाहाम्फे, पिटिइ ओवेद लिम्वु, एलसिपिएल सेनाङ राई, एलसिपिएल समाक लिम्वु र एलसिपिएल व्लियम लेमनल कोर्टमा उत्रिने छ । यसै गरि प्रदेश १ टिम क्याप्टेन विवेक श्रेष्ठको नेतृत्वमा धरान बास्केटवल टिम वाट कविन मगर, सव्रोधन राई, दिवस राई, सुसन श्रेष्ठ, सुजन राई, गौरव ओझा, साहिल तामाङ, योगेश राई, युवा राई, प्रथम राई र जितेन राई कोर्टमा उत्रिएका थिए ।
        व्रिटिस गोर्खा सैनिक परिवारको बाक्लो वसोवास रहेको धरान संग आपसि भाइचारा अभिवृद्धि गर्नको लागि मैत्रिपुर्ण खेलको आयोजना गरिएको थियो । मैत्रिपुर्ण खेलकै लागि वेलायत वाट धरान आएको २३ प्यारासुट टिमका कप्तान क्याप्टेन नविन राईले जानकारी गारए ।  मैत्रिपर्ण खेलले धरानेहरु  संग आपसि भाइचारा संगै  विट्रिस गोर्खा सैनिक द्धारा स्थापना गरिएको धरानकै पुरानो स्कुल डिपो स्कुलको इतिहास र नया पुस्ताका हामि गोखा सैनिकहरुलाई यसको महत्वको विषयमा जानकारी भएको क्या. राइले वताए । यस अघि हाम्रो टिममा डिपो स्कुलको स्थापना र यसको महत्वको विषयमा थाहा नभएको उनले वताए । डिपो स्कुल धरानमा गोर्खा भर्ति केन्द्र भएको वेला धरानमा वस्नुहुने व्रिटिस गोर्खा सैनिकका छोराछोरिहरुलाई राम्रो शिक्षाका लागि एक दिनको तलव उठाएर स्थापना गरिएको हो ।
धरान १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई प्रविणको सभाध्यक्षमा संपन्न मैत्रिपुर्ण खेलमा धरान १८ वडाकार्यलयले धरान बास्केटवल टिम र गोर्खा सैनिक टिमलाई सहभागिता जनाएकोमा धन्यवाद पत्र प्रदान गरेका थिए । यसैगरि धरान रन मार्फत स्वस्थ्य धरान र स्वच्छ धरान अभियान सफलतापुर्वक निरन्तर अभियान चलाईरहनु भएका प्रोफेसनल म्याराथुन धावक धरान रनका संस्थापक सन्तोष राईलाई सम्मान पत्र प्रदान गरि सम्मान गरेको छ । डिपो स्कुलको तर्फ वाट समेत व्रिटिस गोर्खा सैनिक टिमलाई मायाको चिनो प्रदान गरिएको थियो । व्रिटिस गोर्खा टिमले समेत धरान बास्केटवल संघलाई मायोको चिनो र डिपो स्कुललाई आउदो दिनमा सहयोग र सहकार्य गर्ने जनाउदै नगद २५ हजार रुपैया डिपो स्कुलका प्रमुख राजकुमार राईलाई  प्रदान गरेको छ ।
मैत्रिपुर्ण खेलमा सहभागि दुवै टिमका खेलाडिहरुलाई सुनसरी बास्केटवल संघको तर्फ वाट सहभागिताका लागि धन्यवाद पत्र प्रदान गरिएको थियो । धन्यवाद पत्र कार्यक्रमका प्रमुख अतिथी डिपो स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्या. अम्वर वहादुर लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपालयातायात स्वतन्त्र मजदुर सगठन केन्दिय अध्यक्ष भिमज्वाला राई, डिपो स्कुल प्रमुख राजकुमार राई लगायतले प्रदान गरेको थियो । सोहि दिन धरान रन द्धारा सनिवार आयोजित १२ औ १० कि.मि. रन प्रतियोगितामा जनप्रतिनिधिको तर्फ वाट विजेता भएका धरान १० न. वडाका वडाध्यक्ष विवेक राईलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिका पुर्व मेयर तिलक राई, डिपो स्कुल सार्वजनिक गुठि संस्थाका अध्यक्ष भिमराज लिम्वु, व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वु, सुनसरी फुटवल संघ अध्यक्ष नविन राई लगायतको उपस्थिति रहेको थियो । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल संघले प्राविधिक सहयोग गरेका थिए ।