सोमवार थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि, ११४ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ४ सय ९१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ३ सय ८६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.