धरानका मेयर र पत्रकारले गरे हरियाली सामुदायिक वनको आईशोलेसन निरिक्षण

दिव्य रोशनी (धरान)/ धरान उपमहानगरपालिकाका मेयर र पत्रकारहरुले धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा रहेको आईशोलेसन सेन्टरको निरिक्षण गरेका छन्।
कोभिड संक्रमितका लागि २५ वेडको क्षमता रहेको आईशोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो । हाल उक्त आईशोलेसन सेन्टरमा ७ जना कोभिड संक्रमित विरामी रहेका छन् । आज आईतवार धरान उपमहानगरपलिकाका मेयर तिलक राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बुसहितको टोलीले आईशोलेसन सेन्टरको निरिक्षण गरेका हुन् ।
निरिक्षणको क्रममा मेयर राईले आईशोलेसनमा बसेका कोभिड संक्रमितहरुको अवस्था र व्यवस्थापनको बारेमा बुझ्नुभएको थियो । पत्रकार महासंघका अध्यक्ष राईले धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आईशोलेसन सेन्टरमा पत्रकार महासंघको पनि सहकार्य रहेको बताउनुभयो । उहाँले कोभिड संक्रमित भएका सुनसरीभरिका पत्रकारहरुका लागि आईशोलेसन बस्न आवश्यक रहेको खण्डमा हरियालीमा राख्न सकिने बताउनुभयो ।
उक्त अक्सिजन सहितको आईशोलेसन सेन्टरमा धरान उपमहानगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ। आईशोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मी दिपकला राईले जानकारी दिनुभयो । खानेकुराको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ।

1,928 thoughts on “धरानका मेयर र पत्रकारले गरे हरियाली सामुदायिक वनको आईशोलेसन निरिक्षण

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *