धरान उप–महानगरपालिकाले कोरोना खोप खरिद गर्ने

दिव्य रोशनी(धरान)/ धरानमा पछिल्लो समय कोभिड– १९ को संक्रमणदर बढ्दै गएपछि उपमहानगरपालिकाले यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि खोप खरिद गर्ने भएको छ।
संघिय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खोप खरिद गर्ने भएको हो ।
मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग राख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ पत्र पठाउनुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै श्रोतबाट खोप लगाउने योजना बनाएको पत्रमा उल्लेख गर्नु भएको छ । उक्त एक लाख नागरिकको पहिलो र दोश्रो मात्राको खोप लगाउनको लागि दुईलाख डोज खोप धरानमा आवश्यक पर्ने भएको भन्दै मेयर राईले स्वीकृति प्रदान गर्न माग गर्नु भएको छ ।
धरानमा कोरोनाको देश्रो भेरियन्ट आए यता १ हजार ६ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ। हाल सक्रिय सक्रमितको संख्या ५ सय ७० रहेको छ भने ३८ जनाले ज्यान गुमाईसकेका छन्।

7,507 thoughts on “धरान उप–महानगरपालिकाले कोरोना खोप खरिद गर्ने