सोमवार थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ४६ हजार ३ सय ६७ र एन्टिजेन परिक्षणबाट ३८ हजार ९ सय ९४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ हजार २ सय ११ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार २ सय ४८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.