आईतवार थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ४४ हजार ६ सय २२ र एन्टिजेन परिक्षणबाट ३८ हजार १ सय १७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार २ सय २५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.