धरानमा घण्टी बजाएर स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय खुल्यो(भिडियो सहित)
दिव्य रोशनी/ धरानमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय खुलेको छ।
रवि लामिछाने संयोजक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय धरान ८ स्थित लांघाली चौक नजिकै खुलेको हो । पार्टीका सुनसरी क्षेत्र नं १ बाट समानुपातिकका उम्मेद्धवार देवेन्द्र बजगाईले पार्टीको चुनाव चिन्ह घण्टी बजाएर सम्पर्क कार्यालयको उद्धघाटन गरेका थिए। कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं १ प्रतिनिधीसभाका लागी उम्म्ेद्धवारी दिएका सरिन तामाङ(गोमा)ले अहिले हरेक क्षेत्रमा (स्वास्थ्य शिक्षा, खेलकुद, कृषी, वैदेशिक रोजगार) लुटतन्त्र रहेको बताउदै त्यसको व्यावथापन अब राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्र संभव भएको बताए। उनले विशेषगरी वैदेशिक रोजगार कहालिलाग्दो अबवस्था भएकोले वैदेशिक रोजगारलाई व्यावस्थापन गरी सुनिश्चत बनाउन गल्ती गर्नेहरुलाई कारवाही गरिनुपर्ने बताए। उनले भने “वैदेशिक रोजगारमा विचौलयाको जगजगी छ। फ्रि भिसाका नाममा धेरै नेपालीहरु लुटिएको छ। यस्तो हुँदापनि राज्य मौन रहेको छ। अब यो कुराको अन्त्य हुनुपर्छ।”

सुनसरी क्षेत्र नं १ वासीहरुले आफुहरुलाई जिताएमा मतदाताहरुको आशालाई निराशामा परिणत नगर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे। उनले राजनिती पार्टीहरुले करोडौ खर्चेर मात्र चुनाव जित्ने दावी गर्दै आईरहेको बेला आफुले न्यूनरुपमा खर्चगरी चुनाव जित्ने समेत दावी गरे।
यसैगरी पार्टीबाट समानुपातिकमा परेका उम्मेद्धवार देवेन्द्र बजगाईले देश अहिले दुर्घटनामा जान लागेको बताउदै देशको आर्थिक अवस्था नाजुक रहेकोले भ्रष्ट्राचारमुक्त देश बनाउनअब युवाहरु जुर्मुराउनुपर्ने बताएका थिए।
कार्यक्रममा सुनसरी क्षेत्र नं ४ का जिवन श्रेष्ठ, सुनसरी क्षेत्र नं ३ का कमलबाबु मैनाली, समानुपातिक उम्मेद्धवार देविका भण्डारी, भारति गिरी लगायतले बोलेका थिए।टछ
Pingback: orange hawaiian mushroom for sale
Pingback: เว็บปั้มไลค์
Pingback: 토렌트 다운