पुलिसलाई हराउँदै काँकडभिट्टा सेमिफाईनलमा
दिव्य रोशनी(धरान)/ धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको सोमवार भएको खेलमा काँकडभिट्टा फुटबल क्लब विजयी बनेको छ।
धरान १६ स्थित रंगशालामा भएको खेलमा काँकडभिट्टा फुटबल क्लवले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसंगै काँकडभिट्टा फुटबल क्लब सेमिफाईनलमा पुगेको छ। खेलमा काँकडभिट्टाका निशान लिम्बुले २ गोल गरेका थिए। उनले पहिलो हाफको २० र दोस्रो हाफको ३६ औं मिनेटमा गोल गरेका थिए। खेलमा अधिकांश बल आफ्नो नियन्त्रणमा राखेको काकाडभिट्टाले केही सुनौला अवसरहरु खेर फ्यालेको थियो। जसमा काकाँडभिट्टाका यमीले पहिलो हाफको २३ औं मिनेटमा गरेको सुन्दर प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियोभने ४२ औं मिनेटमा गरेको प्रहार पोल नजिकैबाट बाहिरिएको थियो। त्यस्तै पुलिसले पनि केही राम्रा मुभहरु बनाएपनि गोल गर्न नसक्दा प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो। खेलको म्यान अफ द म्याच काँकडभिट्टाका निशान लिम्बु घोषित भए। उनले नगद १० हजार सहित मेडल प्राप्त गरे।
भोली मंगलवारको खेल एन्फा मोरङका विरुद्ध केविपिएस बंगलादेशका बीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

Pingback: betta fish for sale
Pingback: 다시보기
Pingback: dolato strain for sale craigslist
Pingback: ตาสองชั้นหมอไก่