सुनसरी १ का नवनिर्वाचत प्रदेश तथा संघिय सांसदहरुलाई प्रमाणपत्र प्रदान(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ निर्वाचन अधिकृतको कार्यालय धरानले नवनिर्वाचित प्रदेश तथा संघिय सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको छ।


सोमवार धरान सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयले सुनसरी क्षेत्र नं १ मा नवनिर्वाचित संघिय सांसद अशोककुमार राई । प्रदेश १(क) का रमेश बस्नेत, प्रदेश १(ख) का विजय राईलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो। नवनिर्वाचित संघिय तथा प्रदेश सांसदहरुलाई निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले खदा लगाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित संघिय सांसद अशोक राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका थिए। नवनिर्वाचित राईले १७ हजार ५९ मत पाएका थिएभने प्रतिद्धन्द्धी तामाङले १६ हजार ६०६ मत पाएकी थिईन्।


यसैगरि, प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेत विजयी भएका थिए।उनले ११ हजार २ मत पाएका थिएभने नेपाली कांग्रेसका उम्मेद्धवार उमेश थापाले ९हजार ७ सय ५२ मत ल्याएका थिए। त्यस्तै प्रदेशसभा १ (ख) तर्फ नेकपा एमालेका विजय राई निर्वाचित भएका थिए। उनले राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९ सय ८२ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। राईले १२ हजार ४६४ मत पाएका थिएभने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाएका थिए।

14 thoughts on “सुनसरी १ का नवनिर्वाचत प्रदेश तथा संघिय सांसदहरुलाई प्रमाणपत्र प्रदान(भिडियो सहित)

टिप्पणीहरू are closed.