१७ औ ललित अम्वर डिपो कपः
इस्र्टन एकेडेमि र पुलिस सेमिफाइनल प्रवेश, प्लेट च्याम्पियनमा वराह र एक्वा विजयी

दिव्य रोशनी/ १७ औ ललित अम्वर डिपो कप प्रतियोगितामा इस्र्टन एकेडेमि र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।
सोमवार देखि सुरु भएको क्वाटरफाइनल खेलमा इस्र्टनले आयोजक डिपो र पुलिस स्कुलले प्रभात स्कुललाई पराजित गर्दै सेमिफाइनल खेलमा प्रवेश गरेका हुन् । डिपो र इस्र्टन विच भएको खेलमा निर्धारित समयमा दुवै तर्फ गोल नभए पछि खेल टाइवे्रकरमा धकेलिएको थियो । टाइव्रेकरमा इस्टनले डिपोलाई ४–३ गोल अन्तरले पराजित गरे।
दोस्रो क्वाटर फाइनखेलमा समेत दुवै तर्फ गोल हुन नसकेपछि खेल टाइव्रेकरमा गएको थियो । टाइव्रेकरमा समेत ३÷३ वरावर गोल भए पछि सडनडेथको आधारमा पुलिस स्कुल विजयी भएको थियो । जित संगै पुलिस र इस्र्टन एकेडेमि सेमिफाइनल प्रवेश गरेका छन् ।


सैगरी सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको पहिलो खेलमा वराह र एक्वा एकेडेमि विजयी भएका छन्। वराह राइजिङ्ग स्टार स्कुलले लिवर्टिलाई १–० र एक्वा एकेडेमिले आइडल लाई ४–० गोल अन्तरले पराजित गरेका छन् ।
सोमवार भएको पहिलो क्वाटर फाइनल खेलमा डिपो स्कुलका मन्जिल मगर र दोस्रो क्वाटर फाइनल खेलमा प्रभात स्कलका नेम्साङ थापा मगर म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई डिपो व्यावस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वर वहादुर लिम्वुले ट्रफि र प्रमाणपत्र प्रदान गरेका छन्।

9 thoughts on “१७ औ ललित अम्वर डिपो कपः<br>इस्र्टन एकेडेमि र पुलिस सेमिफाइनल प्रवेश, प्लेट च्याम्पियनमा वराह र एक्वा विजयी

टिप्पणीहरू are closed.