वीपी प्रतिष्ठान कर्मचारी कल्याण समाजको अध्यक्ष पदमा महेश्वर राईले उम्मेद्वारी दिने(भिडीयो सहित)

दिव्य रोशनी(धरान)/ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्ष पदमा महेश्वर राईले उम्मेद्वारी घोषणा गरेका छन्।


यही पुष २३ गते हुनलागेको निर्वाचनमा राईले अध्यक्ष पदमा उम्म्ेद्धवारीको घोषणा गरेका हुन्। आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षका प्रत्यासी राईले कर्मचारीहरुको पेशागत हकहित र प्रतिष्ठानको विकासको लागी आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी रहेको जानकारी दिए। उनले समग्र प्रतिष्ठानको हकहितको लागि व्यवस्थापनसँग सहकार्य गर्ने तर कर्मचारीहरुलाई धोका हुने गरि व्यवस्थापनको पक्षमा नलाग्ने पनि बताए।
संचारकर्मीहरुको एक प्रश्नमा अध्यक्षका प्रत्यासी राईले आफुले हालसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको र वीपी प्रतिष्ठानको कर्मचारी भइञ्जेल कुनै पनि पार्टीको सदस्यता नलिने पनि घोषणा गरे ।
प्रतिष्ठानको निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा १ हजार ३ सय २६ जना मतदाता रहेका छन्।