नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए शपथ

दिव्य रोशनी(धरान)/ नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमवार प्रधानमन्त्री प्रचण्डले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। सोमबार नै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । उपप्रधानमन्त्रीहरुमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन्।
त्यस्तै ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन्।

8 thoughts on “नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए शपथ

टिप्पणीहरू are closed.