यलेदोङ ओपन महिला बास्केटवलको उपाधी धरान मेघा अलस्टारलाई
दिव्य रोशनी(धरान)/ माघ १, किराति समुदायहरुको नया वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को उपाधी धरान मेघा अलस्टार टिमले चुमेको छ।
शनिवार भएको फाइनल खेलमा धरान मेघा अल स्टार टिमले विर्तामोड, झापा टिमलाई १३÷३ अंककको फराकिलो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएको हो। उपाधी संगै धरान मेघाले नगद सात हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसै गरि उपबिजेता बिर्तामोडले नगद ३ हजार ५ सय , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर एमभिपीको उपाधी धरान मेघा अल स्टारका डा. आशा राई घोषित भइन् । उनले नगद १ हजार ५ सय रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। बिजेता तथा उपबिजेताहरुलाइ कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारयण सुवेदी, प्रमुख अतिथी किरात राई यायोक्खा, केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतले पुरस्कार बितरण गरेका थिए ।


धरान बास्केटवल संघको आयोजनामा पौष २९ र ३० दुई दिने प्रतियोगितामा झापा, इलाम, मोरङ र धरानका १८ वटा टिमले सहभागिता जनाएको थियो । मेघा अल स्टारले प्रतियोगितामा अपराजित रहदै होलिल्याण्ड वि, धरान आर्दश, मेघा ए, होलिल्याण्ड ए र फाइनलमा बिर्तामोड झापा टिम गरि ५ टिमलाइ पराजित गर्दै उपाधी जितेको हो ।
प्रतियोगितामा पुरस्कार ट्रफिहरुमा चिन्डो (वाबू) प्रयोग गरिएको थियो । किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ। किराति समुदायले सुख र दुख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछ । प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै महिला बास्केटबल खेलाडिहरुलाइ प्रोत्साहन गर्न आयोजना गरिएको सभाध्यक्ष नारायण सुबेदीले स्वागत मन्तव्यको क्रममा जानकारी गराए।
धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, अग्रज पत्रकार हर्ष सुब्बा, राजेश बिद्रोही, सचेत धरानका प्रबक्ता राम लिम्बू , पुर्व मिष्टर पुर्वान्चल हर्कराज लिम्बू लगायतको उपस्थिती रहेको थियो।
Pingback: beer777
Pingback: ข่าวกีฬา
Pingback: index
Pingback: winter jazz coffee shop
Pingback: แนะนำ 5 เกม RELAX GAMING สล็อตแตกง่ายทุนน้อย ที่ LSM99
Pingback: mushroom spores
Pingback: ขายบ้าน
Pingback: indovip
Pingback: Dan Helmer
Pingback: sell weapons of destruction
Pingback: 86kub
Pingback: jinda888 สล็อตเว็บตรง
Pingback: bangkok tattoo
Pingback: https://vhnbio.com
Pingback: massage near me
Pingback: rca77
Pingback: รักษาสิว
Pingback: free Stripchat account
Pingback: ทัวร์ธุรกิจจีน
Pingback: Juad Slot88 ฝากถอนไว
Pingback: สล็อตวอเลท ฝากถอนเงินไว จ่ายจริง ไม่มีโกง
Pingback: hit789
Pingback: fear of god essentials
Pingback: เช่ารถตู้พร้อมคนขับ