२३ औं गोधुली रनिङ कप फुटबल सुरुः उद्धघाटन खेलमा ५ नं. वडा विजयी (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरानमा शनिवारदेखि सुरु भएको २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा ५ नं. वडाले विजयी सुरुवात गरेको छ।
५ नं. वडाले गत संस्करणको फाइनालिष्ट टोली १३ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको उपाधी दाबेदार मानिएको १३ नं. वडा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। ५ नं. वडाका लागी साजन लिम्बुले दुवै गोल गरेका थिए । उनले खेलको १८ औं मिनेट र दोस्रो हाफको २५ औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको उद्धघाटन खेलमा धरान उप–महानगरपालिकाका प्रवक्ता एवं १७ नं वडाका वडाअध्यक्ष सूर्य भट्टराई प्रमुख अतिथी रहेका थिएभने विशेष अतिथीमा एन्फाका मानार्थ उपाध्यक्ष एवं १ नं प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई रहेका थिए।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
भोली आईतवारको खेल दिउसो ठिक ३ बजे धरान– १४ र धरान– २ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।
Pingback: 1xslot casino
Pingback: Wegovy for weight loss for sale usa
Pingback: pg168