२३ औं गोधुली रनिङ कप फुटबलः वडा नं. १४ को फराकिलो जित

दिव्य रोशनी(धरान)/ धरानमा जारी २३ औं टुबोर्ग गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १४ नं. वडाले २ नं. वडालाई ७–१ को फराकिलो अन्तरमा पराजित गरेको छ।
१४ नं. वडाका लागी सरोज राई ४ गोल गरेका थिएभने विवेश राई र सौगात गुरुङले एक÷एक गोल गरेका थिए । त्यस्तै अर्काे गोल भने २ नं. वडाका विवश मगरले आत्माघाती गोल गरेका थिए। धरान– २ का तर्फबाट केशव राईले सान्त्वना गोल गरेका थिए। १४ नं. वडा प्रतियोगिताको उपाधी दाबेदार टोली समेत हो । उसले २१ संस्करणको उपाधी जितेको थियो । प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका सरोज राई खेलको म्यान अफ द म्याच समेत घोषित भए। उनले नगद १५ सय सहित मेडल पुरस्कार प्रप्त गरे।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
भोली मंगलवारको पहिलो खेल ठिक १ बजे वडा नं. १२ र वडा नं. ८ बिच हुने र दोस्रो खेल दिउसो ३ बजे वडा नं. ९ र वडा नं. १९ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।

16 thoughts on “२३ औं गोधुली रनिङ कप फुटबलः वडा नं. १४ को फराकिलो जित

टिप्पणीहरू are closed.