पत्रकार महिलाहरुलाई तिनदिने मल्टिमिडिया तालिम शुरु
दिव्य रोशनी(धरान)/ नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागद्वारा पत्रकार महिला हरुको क्षमता विकासको लागि तीन दिने मल्टिमिडिया तालिम शुरु भएको छ।
साँगुरीगढी गाउँपालिका धनकुटा थुम्कीको भिलेज रिसोर्टमा फागुन २८ देखी ३० गतेसम्म संचालन हुने तिनदिने तालिमको उद्धघाटन पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीला वल्लभ घिमिरेले गरेका छन्। उनले बँदलिदो परिवेशमा पत्रकारिता क्षेत्र चुनौती पूर्ण बन्दै गएको बताउँदै संचारकर्मी महिलाहरु सूचना प्रविधिमैत्री हुनुपर्ने बताए। उनले यस तालिममा सिकेका कुरालालाई महिला पत्रकारहरूले व्यवहारमा लागु गर्न पनि सुझाव दिए।
यसैगरी उद्धघाटन कार्यक्रमका विशेष अतिथि साँगुरिगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दाली राईले अहिलेको युग भनेको प्रविधीको युग भएकाले आफुले सिकेका कुराहरुलाई भेडेटारको पर्यटन क्षेत्रको विकासमा पनि प्रयोग गर्न आग्रह गरे। त्यस्तै पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य निलिफा सुब्बाले पनि यस्ता तालिमहरुले पत्रकार महिलाहरुलाई प्रविधीमैत्री बनाउन थप सहयोग मिल्ने बताईन््।
महासंघ कोशी प्रदेशका महिला उपाध्यक्ष हिमा चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रमलाई महासचिव विवेक गौतमले संचालन गरेका थिए। पत्रकार महिलाहरुलाई प्रविधीमैत्री बनाउने उद्देश्यले आयोजित यस तालिममा रजनीश भन्डारीले सहजीकरण गरेका छन्भने संयोजनको भूमिकामा पत्रकार देवेन्द्र कार्की रहेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा आयोजित यस तालिममा कोशी प्रदेशका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ।
Pingback: เครื่องมือก่อสร้าง
Pingback: togelonline88
Pingback: join the illuminati
Pingback: Online medicatie kopen zonder recept bij het beste Benu apotheek alternatief in Amsterdam Rotterdam Utrecht Den Haag Eindhoven Groningen Tilburg Almere Breda Nijmegen Noord-Holland Zuid-Holland Noord-Brabant Limburg Zeeland Online medicatie kopen zonder r
Pingback: betwinner.cd
Pingback: เว็บตรง bk8
Pingback: คำถามที่ทุกคนอยากรู้เกี่ยวกับ RedTiger ค่ายเกมบน LSM99
Pingback: มวยพักยก
Pingback: Memorials in Latvia
Pingback: Angthong National Marine Park
Pingback: บัตร playstation
Pingback: หาฤกษ์ผ่าตัด
Pingback: Bilad Alrafidain University College
Pingback: ทีเด็ดบอลเต็ง