धरानमा ५ किमी लियो ईन्टरस्कुल रनको आयोजना हुने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ लियो क्लब अफ धरान विजयपुरले यही मंशिर १६ गते शनिवार ५ किमी लियो ईन्टरस्कुल रनको आयोजना गर्ने भएको छ।
“सामाजिक एकताका लागि सामुहिक प्रयास” भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो प्रतियोगिताको दोस्रो संस्करण हो। आज सोमवार धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक लियो क्लब अफ धरान विजयपुरका अध्यक्ष मोनिका श्रेष्ठले विद्यालय स्तरिय हुने यस दौड प्रतियोगितामा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता हुने बताईन्। उनीले प्रतियोगितामा करिब एक हजार प्रतियोगिको सहभागिता रहने अनुमान गरिएको समेत बताईन्।


प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्रा र कक्षा ११ र १२ का छात्र र छात्रा गरी चारवटा विधामा दौड प्रतियोगिता सम्पन्न हुनेछन् । दौडको प्रथम विजेताले ९ हजार नगद पुरस्कार सहित मेडल तथा गिफ्ट भौचरहरु प्राप्त गर्नेछन् भने दोस्रोले ७ हजार र तेस्रो हुनेले नगद ५ हजार सहित मेडल र गिफ्ट भौचरहरु पाउने छन्।
प्रतियोगिता बिहान ७ बजे भानुचौकबाट शुरु भई पुतलीलाईन, दुर्गा चौक, कल्याणचौक, पानीटंकी, छाताचौक, सिंहदेबी चौक, देशिलाईन हुँदै पुनः भानुचौकमा पुगेर समापन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन मसिर १३ गते सम्म रजिस्टेशन गर्नु पर्नेछभने सहभागि विद्यार्थीले आफ्नो परिचय खुल्ने परिचयपत्र वा विद्यालयको सिफारीस पत्र बोक्नु पर्ने आयोजकले जनाएको छ।