दोस्रो हाम्रो धरान भेट्रान कपमा दमक लखनपुर भेट्रान विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी दोस्रो हाम्रो धरान भेट्रान कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा दमक लखनपुर भेट्रान क्लब विजयी बनेको छ।
धरान १६ स्थित रंगशालामा भएको खेलमा दमक लखनपुर भेट्रान क्लबले मिल्स भेट्रान विराटनगरलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। खेलमा दमक लखनपुर भेट्रानका तर्फबाट सुवास लिम्बु र गोपी प्रसाद भट्टले २÷२ गोल गरेका थिएभने शुसिल तामाङले १ गोल गरेका थिए। खेलमा दमक लखनपुर भेट्रानका सुवास लिम्बु म्यान अफ दि म्याच घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली आईतबार मेघा भेट्रान र राजारानी भेट्रानका बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।