मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

दिव्य रोशनी/ मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्।
शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा २३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले ताज जितेकि हुन्। विजेता प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी थिइन्।


मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन्। उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँदै आएकि छिन्। २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सवटाईटटल समेत जितिन्।
यसैगरी प्रतियोगितामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल घोषित हुँदै मिस पपुलर च्वाइसको सवटाईटल समेत हात पारिन्। त्यस्तै रायना मजगैयाँले मिस नेपाल अर्थको उपाधि संगै मिस हेल्दी स्किनको सवटाईटल पनि जितिन्। त्यस्तै प्रतियोगिताको सबटाईटल ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का र मिस ब्यूटी विथ द प्रपोज आयुष्मा बराल घोषित भए।
द हिडन ट्रेजरको आयोजनामा भएको मिस नेपाल नयाँ घोषित भएपनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले सहभागिता जनाउने भएकी छन्। नयाँ घोषित मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइने आयोजकले जनाएको छ। यसवर्षको विश्व सुन्दरी प्रतियोगितामा दुबईमा हुने भनिएपनि अहिले अनिश्चितकालका लागि रोकिएको छ।