डिफेन्डिङ च्याम्पियन धरान १५ लाई स्व. सुवास राई स्मृति सुपर ८ लिगको उपाधी

दिव्य रोशनी(धरान)/ डिफेन्डिङ च्याम्पियन धरान १५ नं वडाले स्व. सुवास राई स्मृति सुपर ८ अन्तर वडास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधी जितेको छ।
धरान रंगशालामा शनिवार भएको फाईनल खेलमा वडा नं १६ लाई ट्राईब्रकेरमा ५–३ को गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन धरान १५ ले उपाधी जितेको हो। निर्धारित समय र थप समयमा पनि दुबैटिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा धरान १५ का तर्फबाट अशतोष राई, सुगम जिमी, विनोद राई, अनिस राई र प्रविन लिम्बुले गोल गरेका थिए।यसैगरी धरान १६ का तर्फबाट अजय विष्ट, रोशन श्रेष्ठ र सरोज लकान्द्रीले गोल गरेका थिएभने जमिन लिम्बुको प्रहार गोलकिपरले रोकेका थिए।


प्रतियोगिताका विजेता धरान १५ ले उपाधी संगै नगद २ लाख रुपैया हात पारेको छभने उपविजेता धरान १६ नं वडाले ट्रफि सहित नगद १ लाखमा चित्त बुझाएको छ। विजेता तथा उपविजेता टिमहरुलाई प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, धरान १० नं वडाका अध्यक्ष विवेक राई लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा धरान १५ का विनोद राई खेलको म्यान अफ दि म्याच घोषित भएभने बेष्ट गोलकिपर धरान १५ का प्रविन लिम्बु, बेष्ट डिफेन्स धरान १६ का रोशन श्रेष्ठ, बेष्ट मिड फिल्डमा धरान १५ का अनिश राई, बेष्ट स्ट्राईकर धरान १६ का मन्दिप बस्नेत, बेस्ट कोच धरान १५ का बसन्त कुमार बानिया घोषित भए। उनिहरुले नगद २५ सय सहित ट्रफि पाए। यसैगरी प्रतियोगिताकै बेष्ट प्लेयर धरान १६ का शैलेन्द्र नेपाल घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लबको संयोजन रहेको यस प्रतियोगिता जेठ जेठ ११ गते देखी शुरु भएको थियो। प्रतियोगितामा अन्त्र वडा स्तरिय गोधुली फुटबल रनिङ कपका शिर्ष ८ वडाहरु( १७, ५, १ , ११, १५, १६, १४ र २०) ले सहभागिता जनाएका थिए।