दोस्रो हाम्रो धरान भेट्रान कपको उपाधी हाम्रो ईटहरी भेट्रानलाई

दिव्य रोशनी(धरान)/ दोस्रो हाम्रो धरान भेट्रान कपको उपाधी हाम्रो भेट्रान क्लव ईटहरीले जितेको छ।
धरान रंगशालामा शुक्रवार भएको फाईनल खेलमा धरान भेट्रान क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै हाम्रो ईटहरी भेट्रानले उपाधी जितेको हो। खेलमा ईटहरी भेट्रानका दिपेन राई र डेनिम राईले २/२ गोल गोल गरेका थिएभने धरान भेट्रानका तर्फबाट जनकराज सुनुवार र कृष्ण शाक्यले १/१ गोल गरेका थिए।
विजेता हाम्रो भेट्रान क्लव ईटहरीले नगद १ लाख सहित उपाधी जितेको छभने उपविजेता धरान भेट्रानले ट्रफि सहित ५० हजारमा चित्त बुझाएको छ। विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा, विशेष अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए।
यसैगरी फाईनल प्रतियोगिताको म्यान अफ दि म्याच हाम्रो ईटहरी भेट्रान दिपेन राई घोषित भए। उनले नगद २ हजार ५ सय सहित मेडल र ट्रफी पाए। त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ वेष्ट गोलकिपर हाम्रो ईटहरी भेट्रानका राम नारायण चौधरी, वेष्ट डिफेन्समा हाम्रो ईटहरी भेट्रानका टिम क्यापटेन दिवस राई, बेष्ट मिड फिल्डर धरान भेट्रानका राजकुमार घिसिङ, वेष्ट स्ट्राईकर धरान भेट्रानका जनकराज सुनुवार, बेष्ट कोच हाम्रो ईटहरी भेट्रानका विमल मगर घोषित भए। उनिहरुले नगद पुरस्कार २५ सय सहित ट्रफि पाए। त्यस्तै बेष्ट प्लेयर अफ दि टुर्नामेन्ट हाम्रो ईटहरी भेट्रानका डेनिम राई घोषित भए। उनले नगद ५ हजार सहित ट्रफि पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा गत जेठ ११ गते देखी शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको थियो।