मंगलवार थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि, १०८ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ५ लाख ९५ हजार ३ सय ६४ र एन्टिजेन परिक्षणबाट १५ हजार ९ सय ४४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ५ सय ७० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ९८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

8 thoughts on “मंगलवार थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि, १०८ जनाको मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *