सोमवार थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि, ९२ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ५ लाख ९१ हजार ४ सय ९४ र एन्टिजेन परिक्षणबाट १४ हजार ६ सय ६१ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ९ सय ५१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ९ सय ९० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

3 thoughts on “सोमवार थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि, ९२ जनाको मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *