२४ औं गोधुली फुटबल रनिङ कपः धरान १४ क्वाटर फाईनलमा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ २४ औं गोधुली फुटबल रनिङ कप अन्तर्गत आज शुक्रवार भएको खेलमा धरान १४ विजयी बनेको छ। खेलमा धरान १२ लाई ३–१ गोलले हराउदै १४ विजयी बनेको हो। आईतवार हुने क्वाटर फाईनलमा धरान १४ ले धरान ११ को सामना गर्नेछ।
धरान रंगशालामा भएको खेलमा पहिलो हाफको २९ औं मिनेटमा धरान १२ का बिक्रम मरिकले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। तर खेलको ७२ औं मिनेटमा धरान १२ का बिक्रम मरिकले नै आत्मघाती गोल गर्नपुगेपछि धरान १४ लाई खेल बराबरी गर्ने अवसर मिलेको थियो। यसैगरी धरान १४ लाई विजयी गराउन नितेष मगर र विपिन श्रेष्ठले ईन्जुरि टाईमको ९३ औं र ९५ औं मिनेटमा गोल गरेका थिए। प्रतियोगिताको म्यान अफ दि म्याच धरान १४ का विपिन श्रेष्ठ घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोली शनिवारको पहिलो क्वाटर फाईनल खेल धरान ५ र १८ नं वडाका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।


माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।
यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।