विश्व क्यान्सर दिवसमा धरान देखी बिराटनगर सम्म साईकल र्याली हुने

दिव्य रोशनी(धरान)/ विश्व क्यान्सर दिवसको अवसरमा धरानदेखी विराटनगरसम्म साईकल र्यालीको आयोजना हुने भएको छ।
साईक्लिङ धरानले आज शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्व क्यान्सर दिवसको अवसरमा साईकल र्यालीको आयोजना हुने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कुन्दन श्रेष्ठले साईक्लिङ धरानको आयोजनामा यहि आउदो माघ २१ गते आईतबार विश्व क्यान्सर दिवसको अबसर पारेर साईकल र्यालीको आयोजना गर्न लागेको जानकारी दिए । उनले धरान चतरालाईन स्थित पब्लिक खेल मैदानबाट शुरु भएर भानुचौक, तिनकुने तरहरा, ईटहरी हँुदै गन्तव्यस्थल विराटनगर क्यान्सर ईन्स्टिच्युट पुगेर समापन हुने बताए।


यसैगरी पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिदै साईक्लिष्ट कृष्ण के.सीले कार्यक्रमको मुख्य उदेश्य भनेकै क्यान्सर बारे आम जनमानसमा सचेतना अभिबृद्धी गराउने उदेश्यले साईकल र्यालीको आयोजना गर्न लागिएको बताए। बिराटनगरमा हुने कार्यक्रममा साईकल रेस लगायत साँगितिक कार्यक्रमको पनि आयोजना गरिने भएको छभने क्यान्सर रोगलाई जितेकी नेपाली चेली तथा बलिउड नायिका मनिषा कोईरालाको मोटिभेसनल स्पिच समेत रहेको आयोजकले जनाएको छ।
साइकल यात्रामा सहभागी हुन दर्ता शुल्क दुईसय तोकिएको छ। जुन शुल्क रकम क्यान्सर पीडितको सहयोगका लागी खर्च गरिने आयोकले जनाएको छ।