धरान भेट्रान फुटबल प्रतियोगिताः हाम्रो धरान भेट्रानको विजयी शुरुवात(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ विराटनगर भेट्रान क्लबलाई हराउदै हाम्रो धरान भेट्रानले विजयी शुरुवात गरेको छ।
बुधवार धरान १६ स्थित रंगशालामा भएको उद्धघाटन खेलमा विराटनगर भेट्रान क्लब लाई ट्राईब्रेकरमा हराउदै हाम्रो धरान भेट्रान क्लबवले विजयी शुरुवात गरेको हो। निर्धारित समयमा दुबैतर्फबाट कुनैपनि गोल नभएपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा हाम्रो धरान ५–४ गोल अन्तरले विजयी बनेको छ। खेलमा हाम्रो धरानका अशोक राई, योगेन राई, सन्तोष सुब्बा, राकेश राई र लक्ष्मी याक्खाले गोल गरेका थिए।त्यस्तै विराटनगर भेट्रानका तर्फबाट महेन्द्र खबास, डम्बर राई, निर्मल खड्का र सुरेश अधिकारीले मात्र गोल गर्न सफल भएभने देवेन्द्र मान सिं बस्नेतको प्रहार बाहिरिएको थियो। प्रतियोगिताका म्यान अफ दि म्याच हाम्रो धरान भेट्रानका लक्ष्मी याक्खा घोषित भए। उनले नगद २ हजार सहित मेडल पाए।


उद्धघाटन खेलका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघा रहेका थिए। प्रतियोगिता अघि आयोजक धरान भेट्रान क्लबका पूर्व सचिव स्व.विक्रम राईको तस्विरमा माल्यार्पण समेत गरिएको थियो।
२०७२ सालमा स्थापित यस धरान भेट्रान फुटबल क्लबले पहिलो र दोस्रो संस्करण स्व. गोट बहादुरको स्मृतिमा आयोजना गर्दै आएतापनि तेस्रो संस्करणदेखी कोरोना संक्रमणका कारण मृत्यु भएका क्लबका पूर्व सचिव विक्रम राईको स्मृतिमा प्रतियोगिता संचालन गरेको हो। प्रतियोगितामा प्रदेश १ का १२ टिमको सहभागिता रहेको छ।


प्रतियोगिताका बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने क्लबका सचिव सतिस केसीले बताए। उनका अनुसार भोली विहिवारको खेल भरौल भेट्रानका विरुद्ध आयोजक धरान भेट्रानका बिच हुनेछ।