धरान भेट्रान फुटबल प्रतियोगिताः आयोजक धरान भेट्रान विजयी(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ भरौललाई हराउदै धरानमा जारी भेट्रान फुटबल प्रतियोगितामा आयोजक धरान विजयी बनेको छ।


विहिवार धरान १६ स्थित रंगशालामा भएको खेलमा आयोजक धरान भेट्रान क्लबले भरौललाई १–० गोल अन्तरले विजयी बनेको हो। जितका लागी धरान भेट्रानका लागी मित्र बस्नेतले दोस्रो हाफको ईन्जुरी समयमा गोल गरेका थिए। खेलमा आयोजक धरान भेट्रानका सुमन केसी म्यान अफ दि म्याच घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे। यसैगरी प्रतियोगितामा पहिलो गोल गर्ने खेलाडी धरान भेट्रानका मित्र बस्नेतलाई समेत नगद ५ सय प्रदान गरिएको थियो।


प्रतियोगिताका बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने क्लबका सचिव सतिस केसीले बताए। उनका अनुसार शनिवारको पहिलो खेल हाम्रो ईटहरी भेट्रान क्लबका विरुद्ध उर्लावारी भेट्रान क्लबका बिच हुनेछन् भने दोस्रो खेल एभरेष्ट भेट्रान फुटबल क्लवका विरुद्ध धुलावारी भेट्रान क्लबका बिच हुनेछ।