हाम्रो ईटहरी भेट्रान र धुलावारी भेट्रान क्वाटरफाईनलमा प्रवेश(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो धरान भेट्रान फुटबल प्रतियोगितामा हाम्रो ईटहरी भेट्रान र धुलावारी भेट्रान विजयी बनेको छ।
शनिवार धरान १६ स्थित रंगशालामा भएको पहिलो खेलमा उर्लावारी भेट्रान क्लवलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाम्रो ईटहरी भेट्रान क्लब विजयी बनेको हो। खेलमा ईटहरीका दिपेन राईले २ गोल गरेका थिएभने सन्तोष राई, भक्त तामाङले १/१ गोल गरेका थिए। यसैगरी उर्लावारी भेट्रानका तर्फबाट उत्तम लिम्बुले १ मात्र सान्तवना गोल फर्काएका थिए। प्रतियोगितामा ईटहरी भेट्रानका दिपेन राई म्यान अफ दि म्याच घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


यसैगरी शनिवार नै भएको दोस्रो खेलमा धुलावारी भेट्रानले एभरेष्ट भेट्रान मोरङलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरेको छ। निर्धारित समयमा दुबैतर्फबाट गोल नभएपछि खेलको नतिजा ट्राईब्रेकरबाट लिईएको थियो। जसमा धुलावारी भेट्रानका तर्फबाट महेश सरकार, पुर्ण सुब्बा, प्रेम लिम्बु, राजु खड्का, र हरी पाण्डेले गोल गरेका थिएभने टिकाराम कार्की, याम थापा र सुजन शाक्य गोल गर्न असफल रहे।
त्यस्तै एभरेष्ट भेट्रान मोरङका तर्फबाट विमल लिम्बु, गुणराज लिम्बु, चरन गुरुङ र हर्कराज गुरुङले गोल गरेका थिएभने राज कुमार लिम्बु, जागेश्वर चौधरी, मदन राई र प्रेम बहादुर मगर गोल गर्न असफल रहे। प्रतियोगिताका म्यान अफ दि म्याच धुलाबारी भेट्रानका पूर्ण सुब्बा घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
आगामी शनिवार हुने फाईनल प्रतियोगिताका बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने क्लबका सचिव सतिस के.सीले बताए। उनका अनुसार भोली आईतवारको पहिलो क्वाटरफाईनल खेल हाम्रो धरान भेट्रान र काकडभिट्टा भेट्रानका बिच हुनेछन्भने दोस्रो खेल आयोजक धरान भेट्रान र विर्तामोड भेट्रान क्लबका बिच हुनेछ।