१८ औ डिपो कपः एक्वा स्कुल र लर्ड बुद्ध सेमिफाइनल प्रबेश

दिव्य रोशनी(धरान) / डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औ ललित अम्वर डिपो कपमा मंगलवार भएको क्वाटरफाइनल खेलमा एक्वा स्कुल र लर्ड बुद्ध स्कुल बिजयी हुदै सेमिफाइनल प्रवेश गरेको छ ।
मङ्गलबार भएको क्वाटर फाइनल खेलमा एक्वा स्कुलले दिल्ली पब्लिक स्कुललाइ २-१ र लर्ड बुद्ध स्कुलले बराह राइजिङ स्टार स्कुललाइ २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका हुन् ।
पहिलो खेलमा एक्वाका एनिस राइ र निसान चौधरीले गोल गरे भने दिल्ली पब्लिकका सार्थक खवासले पेलाल्टी मार्फत गोल गर्दै एक गोल फर्काएका थिए । उक्त खेलमा दिल्ली पब्लिकका सार्थक खवस म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा लर्ड बुद्धका कृष चौधरी र सुसान्त भुजेलले १/१ गोल गरे । सो खेलमा बराहा राइजिङका गोलकिपर साम्गेन तामाङ म्यान द म्याच घोषित भए ।
यसै गरि डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियन तर्फ मङ्गलवार भएको खेलमा प्रभात स्कुलले माउन्ट हर्मनलाइ ४-० र बिष्नु स्कुलले टाइबेकरमा समिट स्कुललाइ ३-० गोल अन्तरले पराजित गरे । पहिलो खेलमा प्रभातका आशिष् राइले आफैले चारै गोल गरे । दोस्रो खेलमा टाइबेकरमा सक्षम थापा, दिवेश लिम्बू र रोनिलहाङ राइले गोल गरे ।
भोलिको पहिलो सेमिफाइनल खेल पुलिस स्कुल र एक्वा सेकन्डरी स्कुल र दोस्रो सेमिफाइनल खेल देउराली चिल्ड्रेन एकेडेमी र लोर्ड बुद्ध स्कुल बिच हुनेछ ।
हिमशिखर स्कुल तरहराले प्रतियोगिताको नियम भन्दा बाहिरको खेलाडी खेलाइएको पाए पछि नेपाल पुलिस स्कुल सेमिफाइनल प्रबेश गरेका हुन । सोमबार नेपाल पुलिस र हिमशिखर बिचको खेल सकिए पछि हिमशिखर स्कुलले प्रतियोगिता नियम भन्दा बाहिरका खेलाडी खेलाएको भन्दै पुलिस स्कुलले आयोजकलाइ निबेदन दिएका थिए । सोही आधारमा आयोजकले छानबिन गर्दा नियम बाहिरका खेलाडी सहभागी गराइएको पाए पछि हिमशिखर स्कुललाइ प्रतियोगिता बाट निलंबन गर्दै नेपाल पुलिस स्कुललाई बिजयी घोषित गरिएको आयोजकले जनाएको छ । नेपाल पुलिस स्कुल र हिमशिखर स्कुल बिच भएको खेलमा हिमशिखर स्कुल १-० गोल अन्तरले बिजयी भएको थियो।
प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भइरहेको छ ।