सुनसरी १ मा प्रतिनिधीसभातर्फ १४५३ मतले अग्रता लिदै घण्टी (सरिन)

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार विहान ८ः०० बजेसम्म प्रतिनिधीसभातर्फको ४९ हजार १ सय १३ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १४५३ मतको अग्रता राखेका छन्। उनले १०१५६ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ८७०३ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ७७१२ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ५४६० मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ५०३३, लाउड स्पीकरले १६०, ढाका टोपीले ९९, कुखुराको भालेले १२५, दाप सहितको खुकुरीले ५४६, ताराले १८२, पानीको फिल्टरले १३९, घन्टाघर(कुमार कार्की)ले १२९७, क्रस खुकुरीले २२१, चापाकलले ९१, तिलहरी ३२, पानीको जारले ३१७१, सुर्यमुखी फुलले १५६४, पुतली ४४, छत्रेटोपी ९६ र सेलरोटीले १२५ मत ल्याएका छन्।

7 thoughts on “सुनसरी १ मा प्रतिनिधीसभातर्फ १४५३ मतले अग्रता लिदै घण्टी (सरिन)

टिप्पणीहरू are closed.