तिहारको अवसरमा मुकेशले लिएर आए देउसी गीत

दिव्य रोशनी(धरान)÷ कोरोनाको महामारीको कारण यसवर्ष देउसी खेल्न निषेध गरेपनि गायक मुकेश देवले देउसी गित लिएर आएका छन्।
धराने गायक मुकेश देवले तारा लक्सम लिम्बु , बिनोद खम्बु , मिना निरौला लगायतका गायक गायिकाहरुसंगको सामुहिक देउसी गीत रिलिज गरेका छन्।
“तिहारै आयो मनै रमायो“ बोल रहेको उक्त गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। केदार धितालको शब्दमा बिनोद खम्बुको संगीत रहेको गीतमा मुकेश देव, तारा लक्सम लिम्बु , बिनोद खम्बु र मिना निरौलाको स्वर सुन्न सकिनेछ।
तिहारै आयो मनै रमायो
चेली देख्दा माईतीको आँसु बरर हो, आँसु बरर
खुशीको आसुँ झर्छ बरर
माइती देख्दा चेलीको आँसु बरर हो ,आँसु बरर
बर्ष र दिनको चाड र पर्व
चेलि माइती सङ्ग सङ्गै मनाउँ मिलेर हो, मनाउँ मिलेर
माईतीको साथ पाए चेलिले
दुःख बिर्सी सुखको आँसु बरर माइती,आँसु बरर
आहै झिलिमिलि झिलिमिलि देउसी रे
आहै के को झिलिमिलि देउसी रे…..

भिडियो लिंक ः

https://youtu.be/P79HOTfWETQ

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *