याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरू पुरस्कृत भए

आसफोर्ड(यूके) / नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूकेव्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ।
आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर्वको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा समिति यूके र ओरिगेमी रेडियोले संयुक्त रूपमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । करिब महिनादेखि चलेको प्रतिस्पर्धामा यूकेका विभिन्न क्षेत्रहरूबाट दुई दर्जन बढी सहभागी भएका थिए । प्रतियोगिताको अन्तिम नतिजा गएको विश्व आदिवासी दिवसका दिन घोषणा गरिएको चुम्लुङ आसफोर्डका साँस्कृतिक विभाग प्रमुख शिशिर सम्बाहाङ्फेले बताए।
प्रतियोगिताका विजयीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत १० वर्षमुनिको समूहमा सेल्सबरीकी अप्रिसा लिम्बु प्रथम, आसफोर्डकी चेसुङ लिम्बु दोस्रो र आसफोर्डकै आरोन लिम्बु तेस्रो भएका थिए । त्यस्तै, १८ वर्षमुनिको समूहबाट मेडस्टोनकी पुनम तुम्बाहाङ्फे प्रथम, वेल्सकी स्नेहा येङ्देन दोस्रो, आसफोर्डकी इक्सा लिम्बु तेस्रो भएकी थिइन् । त्यस्तै, आसफोर्डका मिक्सा लिम्बु र ओजस्वी लिम्बु सान्तवना भएका थिए । यसैगरी, योर्कसायरका नाम्यो लिम्बुले क्रिएटिभ अवार्ड हात पारेको सम्बाहाङ्फेले जनाए । नतिजा अगष्टमै घोषणा भएपनि कोभिड महामारीका कारण तीन महिनापछि उनीहरूलाई पुरस्कार पुरस्कार वितरण गरीएको थियो।


भाषा, संस्कृति र इतिहासलाई सूचना प्रविधिको माध्यमबाट विस्तार गर्न सहयोग पु¥याउन चुम्लुङसँग सहकार्य गरेको ओरिगेमी रेडियोका संस्थापक शिशिर याक्थुङ्बाले जानकारी दिए । याक्थुङ पहिचानको संरक्षण गर्दै प्रवासमा हुर्किरहेका नयाँ पुस्तामा संस्कृतिप्रति अपनत्व बढाउन याक्थुङ चित्रकला प्रतियोगिता आयोजना गरिएको परिकल्पनाकार एवम् आसफोर्ड शाखा सहसचिव अमित थेवेले बताए । (अमित थेवे, युकेबाट)

45 thoughts on “याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरू पुरस्कृत भए

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *