लोक नृत्य प्रतियोगिताका बिजेताहरुलाई नगद हस्तान्तरण

दिव्य रोशनी(धरान)/ युनाईटेड डान्स एकेडेमी धरानले स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिताका बिजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।
शनिवार धरानको फ्रेण्ड्स गार्डेनमा आयोजित एक कार्यक्रम बिच बिजेताहरुलाई नगद पुरस्कारका साथमा सम्मानपत्र समेत हस्तान्तरण गरेको हो। युडिएले पुष ११ गते धरानको सभागृहमा नगर स्तरिय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको आयोजना गरेको थियो। जसमा सिनियरतर्फ पर्वत बोर्डिङ स्कुल धरान १९ कि महिमा लिम्बु प्रथम हुँदैं २५ तोला चाँदीको क्राउनसँंगै नगद ५० हजार प्राप्त गरेकी थिईन्। यसैगरी प्रतियोगितामा सुनगाभा बोर्डिङ स्कुल धरान १३ की अन्जली राई दोस्रो, आवरहोम बोर्डिङ स्कुल धरान १९ कि तान्छुमा लिम्बु तेस्रो र पर्वत सेकेण्डरी बोर्डिङ स्कुल धरान १९ का युनिसा राई सान्त्वना भएकी थिईन्। उनीहरुलाई क्रमशः २० हजार १० हजार र ५ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको छ।
यसैगरी प्रतियोगितामा जुनियरतर्फ भिक्टोरी बोर्डिङ स्कुलकी लेमी राई बिजेता बनेकी थिईन्भने गणेश गुरुङ दोस्रो, धरान आदर्श बोर्डिङ स्कुलका सोमिया राई तेस्रो र आदर्श स्कुलकै ओजस्वी निरौला सान्त्वना बनेकी थिईन्। बिजेताहरुले क्रमश नगद २५, १०, ५ र ३ हजार नगद प्रदान गरिएको थियो। उनीहरुलाई क्रार्यक्रमका प्रमुख अतिथी धरान १४ न.ं वडाका वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले नगद पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा प्रतियोगिताका सिनियर र जुनियरतर्फका बिजेताहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी धरान १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले लोक नृत्यका माध्यमबाट संस्कार सस्कृतिको जगेर्ना गर्ने काम भएको बताउँदै आगामी दिनहरुमा पनि युडिएसँंग सहकार्य गर्दै जाने बताए।
यसैगरी युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न हरेक वर्ष अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको आयोजना गर्दै आएको बताए। त्यस्तै ९ न.ं वडाका निवर्तमान वडाअध्यक्ष रत्न बहादुर कट्वाल, नृत्य प्रशिक्षकद्धय नगेन्द्र राई, सरस्वती योगी लगायतले युनाईटेडको आगामी कार्यक्रमको लागि सफलताको शुभकामना दिएका थिए।
प्रतियोगिताको फिनालेमा उपाधीका लागि धरानभरीका १४ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यसअघिको स्कुल– स्कुल एकल नृत्य प्रतियोगिताको सिनियरतर्फको पहिलो सिजन २०७२ मा सेन्ट जोसेफ स्कुलका सरिना केसी, दोस्रो सिजन २०७३ मा डिपोट स्कुलका विमस पौडेल, तेस्रो सिजन २०७४ मा लिवर्टी स्कुलका सोनु तामाङ, चौथो सिजन २०७५ मा लोटस स्कुलका अनिसा राई र पाँचौ सिजन २०७६ मा आवरहोम स्कुलका करिस्ता राई विजयी भएकी थिईन्भने जुनियरतर्फको पहिलो सिजनमा आवरहोम स्कुलका रिन्छेन गुरुङ विजयी भएकी थिईन्।(दिव्य रोशनी साप्ताहिकबाट)

6 thoughts on “लोक नृत्य प्रतियोगिताका बिजेताहरुलाई नगद हस्तान्तरण

टिप्पणीहरू are closed.