क्यान्सर पिडितलाई कांग्रेसको आर्थिक सहयोग

दिव्य रोशनी(धरान)/ नेपाली कांग्रेसले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ।
क्यान्सर रोगको उपचार गराईरहेकी धरान १९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउंदै आएकी उनी हाल चिकित्सकको सल्लाह अनुसार निरन्तर फलोअपमा रहेकी छिन् । उपचारमा आर्थिक अभाव भएपछि नेपाल तरुण दल धरान, नेपाली कांग्रेस धरान, प्रदेशसभा १(१), प्रतिनिधिसभा क्षेत्र नं. १ सुनसरी तथा सहयोगी कांग्रेस नेताहरुले जुटाएको रकम ४१ हजार १ सय कांग्रेस नेताहरु घरमै गई हस्तान्तरण गरेका छन्।
सो अवसरमा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, १८ नं. वडा अध्यक्ष नरेन्द्र कुमार राई(प्रविन) लगायतका नेताहरुको उपस्थिति रहेको थियो।