२३ औं गोधुली फुटबल रनिङ कपः धरान ५ सेमिफाईनलमा प्रवेश

दिव्य रोशनी(धरान)/ २३ औं संस्करणको गोधुली फुटबल रनिङ कपमा शनिवार भएको पहिलो क्वाटर फाईनल खेलमा धरान ५ न.ं वडा विजयी बन्दै सेमिफाईनल प्रवेश गरेको छ।
धरान १६ स्थित धरान रंगशालामा भएको खेलमा धरानको ५ नं. वडाले १ नं. वडालाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो। खेलमा धरान ५ का तर्फबाट मन्दिप राईले २ गोल गरेका थिएभने संगम राई र साजन लिम्बुले १/१ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच धरान ५ का मन्दिप राई घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो। यसअघि धरान १ ले धरान १८ लाई पराजित गर्दै क्वाटर फाईनल प्रवेश गरेको थियो भने धरान ५ ले गतसालको उपबिजेता धरान १३ र धरान ३ लाई हराउँदै क्वाटर फाईनल प्रवेश गरेको थियो। आज आईतवारको दोस्रो क्वाटर फाईनल खेल धरान १४ र गतसालको बिजेता १६ नं. वडा बिच हुने आयोजक संस्था गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।
प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा शिर्ष आठ टिममा पर्न सफल धरान १, ५, ११, १४, १५, १६, १७ र २० ले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर ८ लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)

8 thoughts on “२३ औं गोधुली फुटबल रनिङ कपः धरान ५ सेमिफाईनलमा प्रवेश

टिप्पणीहरू are closed.