स्कुल डान्सको उपाधी पर्वत बोडिङ स्कुलकी आयुमालाई (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ युनाईटेड डान्स एकेडेमी (युडिए)धरानद्वारा आयोजित स्कुल डान्स(जुनियर तर्फ)को उपाधी पर्वत बोडिङ स्कुलकी आयुमा राईले जितेकि छिन्।
आज विहिवार धरानको सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै आयुमाले स्कुल डान्सको उपाधी जितेकि हुन्। उपाधी संगै आयुमाले नगद २५ हजार सहित ट्रफि समेत पाईन्। यसैगरी प्रतियोगितामा एप्पल मन्टेश्वरीकि चारु राई दोस्रो, धरान मन्टेश्वरीकि समरिन बास्तोला तेस्रो र पवर्तकै सोयन्सा राई सान्तवना बनिन्। उनिहरुले क्रमशः नगद १५, १० र ५ हजार सहित ट्रफि हात पारे। विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले पुरस्कार वितरण गरेका थिए।


युनाईटेड डान्स एकेडेमी (युडिए)धरानद्वारा हरेक वर्ष आयोजना हुँदै आएको स्कुल डान्स आईडल जुनियर तर्फको यो तेस्रो संस्करण हो। आयोजक युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न र पढेर मात्र ज्ञान लिनु नभई संस्कार र संस्कृतिलाई नृत्यको माध्यमबाट एकअर्कामा रहेको जातीय पहिचानलाई चिनाउन पनि यस प्रतियोगिताको आयोजना गरिएकोे बताए। यसअघिको स्कुल डान्स आईडल जुनियर तर्फको पहिलो सिजनमा आवरहोम स्कुलका रिन्छेन गुरुङ र दोस्रो सिजनमा भिक्टोरी बोर्डिङ स्कुलकी लेमी राई विजयी भएकी थिईन्।
गत ज्येष्ठ १४ गतेदेखी असार १२ गतेसम्म भएको प्रतियोगिताको अडिसन राउण्डमा धरानभरीका १४ विद्यालयका ९६ जना विद्यार्थीहरु छानिएका थिए।