आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

दिव्य रोशनी(धरान)/आज माघ १ गते। आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ।
आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले यी परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।
आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ। आज सुनसरीको बराहक्षेत्रमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ।

One thought on “आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

टिप्पणीहरू are closed.