यले दोङ ओपन बास्केटबलको उपाधी मेघा कलेज र ब्रदर्सलाई 

धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा माघ १ यले संवत ५०८४ ( यले दोङ) को अवसरमा आयोजित तेस्रो यले दोङ थ्री वाइ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिता ५०८४ को उपाधी धरान मेघा कलेज र ब्रदस बास्केटबल टिमले चुमेको छ ।

शनिबार भानुचोकमा सम्पन्न एकदिने प्रतोयोगिताको फाइनल खेलमा महिला तर्फ धरान मेघा कलेजले मिराकल बास्केटबल टिमलाइ ६-४ र पुरुष तर्फ ब्रदस ए टिमले ब्रदस बि टिमलाइ १२-९ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । स्ट्रीट बास्केटबलको रुपमा चर्चित यलेदोङ  थ्री वाइ थ्री ओपन प्रतियोगिता  नेपालमा नै पहिलो पटक बजारको मध्य भागमा आयोजित प्रतोयोगिता हो । प्रतियोगितामा धरान सङ्गै तरहरा इटहरी, बिराट्नगर, बिर्तामोड बाट पुरुष ३० र महिला ९ गरि ३९ टिमले सहभागिता जनाएको थियो । प्रैयोगिताका बिजेता धरान मेघा र ब्रदस ए टिमले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उपबिजेता मिराकल र ब्रदस बि टिमले नगद ५ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको एमभिपी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी महिला तर्फ धरान मेघाका डा. आशा राई र पुरुष तर्फ ब्रदस ए टिमका सर्बोधन राई घोषित भए । उनिहरुले जनही नगद दुई हजार ५ सय,ट्रफी र मेडल प्राप्त गरे । बिजेता तथा उपबिजेता खेलाडिहरुलाइ कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, विशेष अतिथी धरान १८ वडाध्यक्ष प्रबिण राई, धरान १६ वडाध्यक्ष मुरारी भट्टराई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, मजदुर नेता एवं अग्रज पत्रकार भिमज्वाला राई, इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी नवराज मल्ल, सुनसरी जिल्ला फुटबल संघ अध्यक्ष नवीन राइ, समाजसेवी कृपा राइ लगायतले पुरस्कार बितरण गरेका थिए । 

माघ १ गतेलाइ किरात समुदायले नया वर्ष यलम्बर संवतको रुपमा मान्दै आइरहेको छ । यहि आउदो माघ १ यलम्बर सम्बत ५०८४ लाई  स्वागत गर्दै किरात नया वर्ष ५०८४ को अवसरमा प्रतियोगिता आयोजना गरेका हुन ।  

प्रतियोगिताको उद्घाटनमा धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम  बेघा र समापनम धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ प्रमुख अतिथिको रुपमा रहेको थियो । सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोगमा सम्पन्न प्रतियोगिता बिहान साढे सात बजे देखि राती १० बजे सम्पन्न भएको थियो ।