प्रतिनिधी सभा सदस्य डा. शर्माको राजनैतिक भ्रमणले कांग्रेसजनमा ल्यायो जनलहर

दिव्य रोशनी/ नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्य सुनिल शर्माको धनकुटा देखी ईलाम सम्म एकसाता लामोे राजनैतिक भ्रमणले कांग्रेजनमा उत्साह र समाजमा नया जागरण साथ जनलहर ल्याएको छ।
जनमानसमा राजनीति प्रति वितृष्णा तथा नैरश्यता आउँदै गरेको र राजनैतिक दलका कार्यकर्ताहरुमा निराशा जाग्दै गएको समयमा नेपाली कांग्रेसका नेता सुनिल शर्माको पहिलो चरणको राजनैतिक भ्रमणले समाजमा नया जागरण र कांग्रेसजनमा उत्साह पैदा गरेको हो।
नेपाल कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य डा. शर्माले आफ्नो पुख्यौली जिल्ला धनकुटा जिल्लाबाट शुरु गरी पूर्वी पहाडको भोजपुर संखुवासभा, तेह्थुम, ताप्लेजुङ, पाचथर र ईलाम सम्मको राजनैतिक भ्रमण गरेका थिए। भ्रमणमा नेपाली कांग्रेस भोजपुर जिल्लाका सभापति तथा प्रदेश सभाका सांसद बिनोद वान्तवा, प्रदेश सभाका सांसद मान वहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई तेह्थुम जिल्लाका सभापति अर्जुन तुम्वाहाम्फे, निवर्तमान जिल्ला सभापति गोविन्द ढुंगाना, पाँचथरका जिल्ला सभापति रुप नाराण जबेगु, निवर्तमान जिल्ला सभापति नरेन्द्र केरुङ, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, तेह्थुम जिल्लाका कोषाध्यक्ष प्रेम तुम्वाहाम्फे, नेता निर्मल ढुंगाना ,नोवेल मेडिकल कलेजका मेनेजिङ डाईरेक्टर ईन्दिरा शर्मा (वराल) लगायतका नेताहरुको सहभागीता रहेको थियो।
धनकुटामा नेपाली कांग्रेसका सभापति दिनेश राईको अध्यक्षता, भोजपुरमा जिल्ला उपसभापति गजेन्द्र कार्कीको अध्यक्षतामा, संखुवासभामा जिल्लाका कार्यवाहक सभापति अनन्त गौलीको अध्यक्षतमा, तेह्थुम जिल्लामा जिल्ला सभापति अर्जुन तुम्वाहाम्फेको अध्यक्षतमा, ताप्लेजुङमा जिल्ला सभापति गजेन्द्र तुम्हाङ लिम्बुको अध्यक्षतमा, पाँचथरमा जिल्ला सभापति रुपनारायण जवेगुको अध्यक्षतमा र ईलामामा जिल्ला सभापति डम्वर खड्काको अध्यक्षतमा वृहत कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रमहरु सम्पन्न भएको थियो ।


कार्यक्रममा नेपाली कांग्रेस नेता एवं प्रतिनिधि सभाका सदस्य डा. शर्माले नेताहरुको गलत निर्णय र क्रियाकलापका कारण अहिले भ्रष्ट्राचार बढेकोले राजनीति प्रति वितृष्णा जागेको, जनतामा निराशा छाएको र कार्यकर्ताहरुमा नैरश्यता आएको भन्दै अब नया ढंगबाट कांग्रेसलाई संगठित गरेर लाने त्यसका लागी सबै कांग्रेसजनले नेताहरुलाई पुरस्कार र दण्ड दिने काम गर्नुपर्ने बताउनुभयो। उहाँले नेताहरु ईमानदार भए जनताहरुको आधारभूत आवाश्यक्ताहरु पुरा गर्न सकिने भन्दै स्वास्थ्य बिमालाई एक लाख देखी १० लाख सम्म पु¥याउनु पर्ने र शिक्षाका लागी विद्यार्थीहरुलाई ऋण दिनु पर्ने, जलविद्युत उत्पादन बढाउनु पर्ने, भ्रष्ट्रचारलाई पूर्णरुपमा निर्मुल गर्नुपर्ने बताउनुभयो।
पूर्वी पहाडको ७ जिल्लाहरुमा भएको राजनैतिक भ्रमणमा व्यापक रुपमा नेपाली कांग्रेसका जिल्ला नेतााहरु र जिम्मेवार कार्यकर्ताहरुको उपस्थिति रहेको र उनीहरुको गुनासाहरु र समस्याहरु नेता शर्माले जिम्मेवारी पूर्वक सुन्नु भएको र समाधानका उपायहरु समेत दिनु भएकोले शिथिल बन्दै गएको कांग्रेजनमा नयाँ उत्साह र समाजमा जागरण ल्याएको नेपाली कांग्रेस धनकुटाका जिल्लाका सचिव विजय सन्तोषी राईले बताउनुभयो।
नेता शर्माले ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्र भ्रमण गर्ने लक्ष्य अनुसार पहिलो चरणमा पूर्वी पहाडको ७ वटा जिल्लाको राजनैतिक भ्रमण सम्पन्न गरेका छन्भने अब दोस्रो चरणमा सगरमाथा अञ्चलको पहाडी जिल्लाहरु र सवै तराईका जिल्लाहरु भ्रमण गर्दै सबै जिल्लाहरुमा राजनैतिक भ्रमण गर्ने बताउनु भयो ।
नेता शर्माको पुख्यौली घर धनकुुुटाको चुङवाङ्ग भएकोले उहाँ पुख्र्यौली थलोबाट आर्शिवाद लिई आफ्नो पहिलो चरणको राजनैतिक भ्रमण पनि धनकुटाबाटै शुरु गरी सफलताका साथ अगाडी बढ्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताउनुभयो । केही नेताहरुको कार्यशैलीका कारण राजनीति प्रति विश्वास गुम्दै गएको समाजमा नेता शर्माको काम र अभियानले अहिले पूर्वी पहाडमा कांग्रेस प्रति पुनः विश्वासको जनलहर बढ्दै आउन थालेको छ।