किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा शालिक सतासक

दिव्य रोशनी(धरान)/ धरानमा सम्पन्न किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा शालिक शतासक राई चुनिएका छन्।
संघको यही जेठ १३, १४ र १५ गते सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले शालिक शतासक राईको नेतत्वमा १३ नयाँ कार्यसमिती चयन गरेको हो। समितीको महासचिवमा पदम थुलुङ राई, सचिवमा मुकेश राई, सुखकला राई र डिबि राई, कोषाध्यक्षमा मेनुका राई र सह–कोषाध्यक्षमा खुशेनिछो चाम्लिंग राई रहेका छन्। यसैगरी सदस्यहरुमा रोशन चाम्लिङ, सुशिला राई, नबिन राई, राजु के राई, अर्जुन कुलुङ राई र अनुका राई रहेका छन्।
सोमबार धरान–१० स्थित किराँत राई यायोक्खा सुनसरीको भवनमा आयोजित पत्रकार सम्मेलनमा संघको छैठौं राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको संघका निवर्तमान अध्यक्ष रामकर राईले जानकारी दिए। उनले संघको बैठकबाट आवश्यकता अनुसार पदपुर्तिमा हुने समेत बताए।
त्यसैगरी संघको छैठौं राष्ट्रिय सम्मेलनले ६ बुँदे धरान घोषणा–पत्र समेत सार्वजनिक गरेको छ। घोषणा–पत्रमा प्रदेश नं. १ लाई किरात प्रदेश नाम स्थापना गर्न विभिन्न प्रकारका साँस्कृतिक, राजनितिक तथा राजनीतिक रचनात्मक मौलिक आन्दोलन गर्ने, किरात कालिन संगित, जीवन व्यवहार गीतको खोज र क्षेत्रीय दस्तावेजीकरण गर्ने, सृष्टि , मुन्धुमी संस्कारहरूलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र अध्ययन गरिने संघका नवनिर्वाचित अध्यक्ष शालिक शतासक राईले जानकारी दिए।
तीन दिने सम्मेलनमा राजधानी काठमाण्डौं, भक्तपुर, ललितपुर सहित पूर्व १४ जिल्लाका १ सय वढी कलाकार संघका प्रतिनिधि, पर्यवेक्षक, किरात जातिका अध्येताहरुको सहभागीता रहेको थियो।