गणतन्त्र दिवसमा नेपाली कांग्रेसको द्धिप प्रज्वलन(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस धरान नगर समितीले द्धिप प्रज्वलनको आयोजना गरेको छ।
सोमवार धरान १६ स्थित गणेशमान चौकमा द्धिप प्रज्वलनको आयोजना गरेको हो। नेपाल कांग्रेस धरान नगर समितीका सचिव हिमाल श्रेष्ठले नेपालको विकास र समृद्धिमा गणतन्त्रले अगाडी बढाओस् भन्ने कामना समेत गरे। गणतन्त्र दिवसको अवसरमा वीर गणेशमान सिंहको शालिकमा माल्यापर्ण समेत गरिएको थियोभने वीर शहिदहरुप्रति १ मिनेट मौन धारण समेत गरिएको थियो।


द्धिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस १ नं प्रदेश महामन्त्रि उमेश थापा, धरान १८ नं वडाका वडाअध्यक्ष प्रविन राई, धरान १ नं वडाका वडाअध्यक्ष यज्ञमणि आचार्य, १६ नं वडाका वडाअध्यक्ष मुरारी भट्टराई, धरान ५ का निवर्तमान वडाअध्यक्ष सन्तोष लिम्बु, धरानका निवर्तमान मेयर तिलक राई लगायत नेपाली कांग्रेसका शिर्षनेताहरुको उपस्थिती रहेको थियो।