मिस नेपाल वल्डको उपाधी नम्रता श्रेष्ठलाई

यस वर्षको मिस नेपाल वल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छन् ।
शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल वल्डको उपाधि जितेकी हुन्। उनलाई मिस नेपाल अनुष्काले ताज पहिराईदिएकी थिईन्। किन्डरगार्डेन शिक्षिका समेत रहेकी नम्रताले अब मिस वल्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।
यसैगरी प्रतियोगितामा सिमल कनौजियाले मिस नेपाल सुप्रानेसनलको उपाधि पाईन्भने मिस नेपाल इन्टरनेसनलमा सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन्।


त्यस्तै प्रतियोगिताको सब टाईटल तर्फ मिस कन्फिडेन्टमा मिस नेपाल नम्रता श्रेष्ठ, मिस ब्युटी विथ पर्पजमा सन्ध्या शर्मा, मिस हेल्दिमा नेहा सरकार, मिस फोटोजेनिकमा आस्थिका श्रेष्ठ, मिस पपुलर चोइसमा सन्ध्या शर्मा र मिस ग्ल्यामरमा योजना भट्टराई घोषित भएका थिए।
प्रतियोगिताका निर्णायकतर्फ शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैध, मिस नेपाल २०१७ निकिता चण्डक, डा.पुकार मल्ल, डा.राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी लगायत रहेका थिए ।कार्यक्रममा सज्जा चौलागाईंले गायन प्रस्तुति दिएकी थिईन्।
बिजेता नम्रताले यसअघि मिस नेपाल २०१६ मा समेत सहभागिता जनाएकी थिइन्। त्यस बेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन् ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *